News

भोलीदेखि सोह्र श्रा’द्ध शुरु हुँदै, कुन तिथि कतिखेर ?

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दि’वंगत पि’तृका नाममा गरिने सोह्र श्रा’द्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्र’न्थमा सोह्र श्रा’द्ध अ’पराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले १६ वटै तिथिको समय निकालेका छन । पितृ पक्षसमेत भनिने सोह्र श्रा’द्ध यस वर्ष भदौ १७ गते बुधबारदेखि शुरु हुँदैछ ।बुधबार प्रतिपदा तिथिको श्रा’द्ध दिउँसो १ः१७ बजेदेखि ३ः४९ सम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उनले जानकारी दिए । यो समयभित्रमै पि’ण्डदान गर्नुपर्नेछ ।

तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मणलगायत पूजा तो’किएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पि’ण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।भदौ १८ गते बिहीबार द्धितीया तिथि श्रा’द्ध दिउँसो १ः१७ देखि ३ः४८ सम्म दिइएको छ । भदौ १९ गते तृतीया तिथि श्रा’द्धको समय पनि १ः१७ देखि ३ः४८ सम्म छ । यस वर्ष भदौ २० गते शनिबार कुनै पनि तिथिको श्रा’द्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्ग ‘पात्रो’ मा उल्लेख छ ।

चतुर्थी तिथि श्रा’द्धको समय भदौ २१ गते आइतबार दिउँसो १ः१६ देखि ३ः४६ सम्म गर्नुपर्नेछ ।पञ्चमी तिथि श्रा’द्ध भदौ २२ गते सोमबार पनि दिउँसो १ः१६ देखि ३ः४६ सम्ममा गर्नुपर्नेछ । षष्ठी तिथि श्राद्ध भदौ २३ गते मङ्गलबार १ः१५ देखि ३ः४५ सम्ममा गर्नुपर्नेछ ।सप्तमी तिथि श्राद्ध भदौ २४ गते बुधबार १ः१५ देखि ३ः४४ सम्ममा गर्नुपर्नेछ । अष्टमी तिथि श्राद्ध भदौ २५ गते बिहीबार दिउँसो १ः१४ देखि ३ः४३ सम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ ।नवमी तिथि श्रा’द्ध भदौ २६ गते शुक्रबार दिउँसो १ः१३ देखि ३ः४२ सम्ममा गर्नु पर्नेछ । दशमी तिथि श्रा’द्ध भदौ २७ गते शनिबार १ः१३ देखि ३ः४१ सम्ममा गर्नुपर्नेछ ।

एकादशी श्रा’द्ध भदौ २८ गते आइतबार १ः१२ देखि ३ः४० सम्ममा गर्नुपर्ने जनाइएको छ । द्वादशी तिथि श्रा’द्ध भदौ २९ गते सोमबार पनि १ः१२ देखि ३ः४० सम्ममा गर्नुपर्नेछ । त्रयोदशी तिथि श्रा’द्ध भदौ ३० गते मङ्गलबार १ः११ देखि ३ः३८ सम्ममा गर्नुपर्नेछ ।यसैगरी चतुर्दशी तिथि श्रा’द्ध भदौ ३१ गते बुधबार पनि १ः११ देखि ३ः३८ सम्ममा गरिसक्नुपर्ने सम्पादक पन्तले बताए । औँसी तिथि श्राद्ध असोज १ गते बिहीबार दिउँसो १ः१० देखि ३ः३७ सम्ममा गरिसक्नुपर्नेछ । अपराह्नकाल पारेर पि’ण्डदान नगरेमा श्रा’द्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट ब’च्न जारी नि’षेधाज्ञाका कारण सोह्र श्रा’द्ध गराउने ब्राह्मण यजमानकहाँ जान क’ठिन छ । विशेषगरी काठमाडौं उपत्यकालगायत ठूला शहरमा यो स’मस्या छ । आवतजावत गर्दा कोरोना फै’लन सक्ने चि’न्ता छ । केही स्थानीय तहले श्रा’द्ध विद्युतीय रुपमा गर्न, घरमा पुरोहित नबोलाउन भनी सार्वजनिकरुपमा सू’चनासमेत जारी गरेका छन् ।कुनै कारणवश श्रा’द्ध रो’किँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्रा’द्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ ।आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतमले बताए ।

यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पि’तृपक्षअर्थात् सोह्र श्रा’द्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले सुनाए । यो समयमा पनि कारणवश सोह्र श्रा’द्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ ।कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्तिअर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सिर्जना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

चाडपर्व य’ज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्र’द्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्रा’द्ध गर्ने गरिएको हो । दशैँ, तिहारजस्ता सनातन ध’र्मावलम्बीले मनाउने ठूला पर्वअघि श्र’द्धा, भ’क्तिका साथ दि’वङ्गत पितृलाई सम्झन सो’ह्र श्रा’द्ध गर्न थालिएको हो । यस समयमा पि’तृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

Related Articles

Back to top button
Close