News

पुनः निषेधाज्ञा : के गर्ने, के नगर्ने ? प्रशासनले फेरि निकाल्यो यस्तो सूचना !

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोरोना जोखिमलाई मध्येनजर गर्दै पुनः निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

प्रशासनको निर्णयअनुसार शिवपुरी गाउँपालिका सम्पूर्ण क्षेत्र, पासाङ ल्हामु राजमार्ग हुँदै जिल्ला प्रवेश गर्ने नाकाको ककनी गाउँपालिका वडा नं १ र २, बेलकोटगढी नगरपालिका वडा नं २ अन्गर्तत धादिङको आचार्य पोखरी हुँदै कुमरी गर्ने क्षेत्र र वडा नं ५ अन्तर्गत गल्छी-त्रिशुली –मैलुङ, स्याफ्रुबेसी-रसुवागढी मार्ग हुँदै प्रवेश गर्ने क्षेत्रमा आगामी भदौ २३ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा गरिएको छ ।

त्यस्तै त्यसबाहेकका अन्य क्षेत्रमा भने संक्रामक रोग ऐन अनुसार आज राति १२ बजेदेखि अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जारी विज्ञप्तिमा भनिएको छ । साथै प्रशासनले जारी निषेधाज्ञाको पालना नगरेको अवस्थामा कारवाही गर्ने समेत प्रशासनले जनाएको छ ।

Related Articles

Back to top button
Close