News

यि हुन् विश्वकै पुराना विवाहित जोडी, जसले मनाए ११० वर्षको उमेरमा ७९ औ विवाह उत्सव

जुलियो सिजर मोरा र उनकी पत्नी वाल्ड्रमिना मेक्लोभिया क्विनटेरोसले विवाह गरेको ७९ वर्ष पुगेको छ । उनीहरुलाई विश्वकै पुराना विवाहित जोडी मानिन्छ । वैवाहिक सम्बन्ध टिक्न नसक्ने अहिलेको युगमा उनीहरु सबैका लागि उदाहरणीय बनेका छन् ।यस वर्ष विवाहको ७९ औँ वार्षिकोत्सव मनाएका

उनीहरुलाई विश्वभरवाट बधाई आएका छन् । जुलियो ११० वर्षका भए भने मेक्लोभिया पनि आगामी अक्टोबरमा १०५ वर्ष पुग्नेछिन् । यो जोडीको उमेर जोड्दा २१४ वर्ष र ३५८ दिन हुन्छ । गिनिज वल्र्ड रेकर्डसले उनीहरुलाई विश्वकै सबैभन्दा पुराना जिवित विवाहित जोडी घोषणा गरेको हो ।विद्यालय पढ्दा देखि नै प्रेममा परेका उनीहरुले त्यसको ७ वर्ष पछि विवाह गरेका थिए । उनीहरुले जिवनभर एक अर्काको साथ छोडेनन् । उनीहरुको विवाह सन १९४१ मा भएको थियो ।

आफूहरुको सफल वैवाहिक जीवनबारे उनीहरुले यस्तो भनेका हुन्, “यसमा परिवार एकिकृत हुनु सबैभन्दा पहिलो नियम हो, त्यसपछि आपसी सम्मान कायम राख्ने, इमान्दारीतापूर्वक काम गर्ने, पारिवारिक मूल्य मान्यताका आधारमा उचित शिक्षा हासिल गर्नु नै सम्बन्धलाई सधैँ स्वस्थ राख्ने मुख्य उपाय हुन् ।जुलियो सिजर मोरा र उनकी पत्नी वाल्ड्रमिना मेक्लोभिया क्विनटेरोसले विवाह गरेको ७९ वर्ष पुगेको छ । उनीहरुलाई विश्वकै पुराना विवाहित जोडी मानिन्छ । वैवाहिक सम्बन्ध टिक्न नसक्ने अहिलेको युगमा उनीहरु सबैका लागि उदाहरणीय बनेका छन् ।यस वर्ष विवाहको ७९ औँ वार्षिकोत्सव मनाएका

उनीहरुलाई विश्वभरवाट बधाई आएका छन् । जुलियो ११० वर्षका भए भने मेक्लोभिया पनि आगामी अक्टोबरमा १०५ वर्ष पुग्नेछिन् । यो जोडीको उमेर जोड्दा २१४ वर्ष र ३५८ दिन हुन्छ । गिनिज वल्र्ड रेकर्डसले उनीहरुलाई विश्वकै सबैभन्दा पुराना जिवित विवाहित जोडी घोषणा गरेको हो ।विद्यालय पढ्दा देखि नै प्रेममा परेका उनीहरुले त्यसको ७ वर्ष पछि विवाह गरेका थिए । उनीहरुले जिवनभर एक अर्काको साथ छोडेनन् । उनीहरुको विवाह सन १९४१ मा भएको थियो ।

आफूहरुको सफल वैवाहिक जीवनबारे उनीहरुले यस्तो भनेका हुन्, “यसमा परिवार एकिकृत हुनु सबैभन्दा पहिलो नियम हो, त्यसपछि आपसी सम्मान कायम राख्ने, इमान्दारीतापूर्वक काम गर्ने, पारिवारिक मूल्य मान्यताका आधारमा उचित शिक्षा हासिल गर्नु नै सम्बन्धलाई सधैँ स्वस्थ राख्ने मुख्य उपाय हुन्

Related Articles

Back to top button
Close