News

काठमाडौं उपत्यकाकामा एक हप्ता नि’षेधाज्ञा थप, उपत्यका प्रवेशका लागि पीसीआर नेगेटिभ अनिवार्य

काठमाडौं उपत्यकाकामा एक हप्ता नि’षेधाज्ञा थप, उपत्यका प्रवेशका लागि पीसीआर नेगेटिभ अनिवार्य
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता नि’षेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ ।काठमाडौं, ललितपुर र भक्तपुर

जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्य’होराको नि’षेधाज्ञाको आदेश जारी गरेका छन् ।नि’षेधाज्ञा पहिलेको भन्दा खुकुलो बनाइएको छ । अब नि’षेधाज्ञामा विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ ।

औ’षधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ ।त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएको छ । छोटो दूरीको ढु’वानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न

पाउनेछन् ।त्यस्तै काठमाडौं उपत्यका प्रवेश गर्न कोरोना संक्रमण परीक्षण अनिवार्य गरिएको छ ।काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार एकै व्यहोराको नि’षेधाज्ञाको आ’देश जा’री गर्दै अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने व्यवस्था गरेका छन् ।

Related Articles

Back to top button
Close