News

मुगुका २ गरिबको हात र खुट्टाको नि:शुल्क अप्रेशन गरिदिए डा. गोविन्द केसीले, सम्मान स्वरुप सेयर गराैँ

कोरोना कहरका बिच दुखी, गरिब र असहायहरुलाई सहयोग गर्न मुगु गएका डाक्टर गोविन्द केसीले शनिबार एक जनाको हातको शल्यक्रिया गरेका छन् । डा. केसीले छायाँनाथ रारा नगरपालिका–१० घट्टलेख गाउँकी १० वर्षीया रेश्मा भामको निशुल्क शल्यक्रिया गरेका हेन् ।।

करिब ३ वर्ष अघि गाउँमा गाई बाख्रा चराउन गएका बेला लडेर भाँचिएको हात गरिबीका कारण उपचार हुन नसकेको परिवारले जनाएको छ । आर्थिक अभावले हातको अप्रेसन गर्न नसक्दा जोखिम अवस्थामै हिँडडुल गर्न बाध्य रेश्माकी आमाले डा गोबिन्द केसी मेरी छोरीको लागि भगवान्को रुपमा आइदिनुभयो ।।

त्यसै गरि नगरपालिका – ७ बालै गाउँका १७ वर्षीय गगन भामको देब्रे खुट्टाको पनि डाक्टर केसीले निशुल्क रुपमा शल्यक्रया गरिदिएका छन् । जुम्लाबाट २ दिन पैदलै मुगु आएका डाक्टर केसीले बिहीबार ४७ जना र शुक्रबार ३७ जनाको निःशुल्क स्वास्थ्य परीक्षणसहित दुई जनाको शल्यक्रिया गरेसँगै उनलाई मुगु र जुम्लाका सर्वसाधारणले मान्छेको रुपमा भगवान्को अवतार भनेका छन् ।।

डाक्टर केसीले एक वर्षअघि लडेर उनको खट्टाको पिडौला नजिकको हड्डी भाँचिदा घाउ भएको भित्री भागमा पिप जमेर पाकेको गगनको समस्या पनि चट पारिदिएका छन् ।। यो समाचार ज्खबरमा छापिएको छ

Related Articles

Back to top button
Close