News

कतारबाट नेपाल फर्कनेले अब निःशुल्क पीसीआर परीक्षण गर्न सक्ने… अस्पतालको नाम सहित

दोहा ।कतारबाट नेपाल फर्कनेले अब निःशुल्क र कम शुल्कमा कोरोनाको पीसीआर परीक्षण गर्न सक्ने भएको छ ।स्वदेश फर्कनका लागि तोकिएका नीजि अस्पतालसँगै अब निश्चित सरकारी अस्पतालमा निःशुल्क र एकदमै कम शुल्कमा कोरोनाको पीसीआर परीक्षण गर्न सकिने कतारस्थित नेपाली

दूतावासले जनाएको छ ।कतारको वर्कर हेल्थ केयर सेन्टर,फेरिज अब्देल अजिज हेल्थ केयर सेन्टरमा निःशुल्क र कम शुल्कमा परीक्षण गर्न सकिने दूतावासले जनाएको छ ।यसैगरी, मुईथेर हेल्थ केयर सेन्टर,रावादत अल खाली हेल्थ केयर सेन्टर, उम सलाल हेल्थ केयर सेन्टर तथा घराफत अल रयान हेल्थ केयर सेन्टर परीक्षण गर्न सकिने दूतावासले जनाएको छ ।

नेपाल सरकारले पीसीआर परीक्षण गरेर स्वदेश फर्किएकालाई होटल क्वरेन्टीनमा बस्न नपर्ने र सिधै घर जान सकिने जनाएको छ । यदि पीसीआर परीक्षण नगरी स्वदेश फर्किएमा

काठमाडाैँमा सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टीनमा बस्नुपर्ने जनाएको छ ।दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा–काठमाण्डौँका लागि सेप्टेम्बर ६, ८ र २३ तारिखमा लागि ३ वटा उडान तय भएको छ ।

Related Articles

Back to top button
Close