News

विद्युत् प्राधिकरणमा कुलमान घिसिङले नै निरन्तरता पाउने !

काठमाडौँ । ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव तयार गरेको छ । यस बारे प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको बताइएको छ ।

विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा घिसिङलाई नै निरन्तरता दिनेमा प्रधानमन्त्री सकारात्मक रहेको स्रोतले जनाएको छ । यससँगै पुन नियुक्तिपछि घिसिङले सरकारको प्रणाली पालना गर्नुपर्ने ओलीले शर्त राखेको जनाइएको छ ।

मन्त्री पुनले यसबारे नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग समेत सल्लाह लिएका छन् । घिसिङलाई निरन्तरता दिन अध्यक्ष दाहाल सहमत भएका छन् । “धेरैको माग पनि घिसिङ नै हुनुपर्छ भन्ने छ, यस्तो बेला अर्को विकल्प खोज्नु राम्रो होइन”, दाहालले मन्त्री पुनसँग भनेका स्रोतले बतायो ।

मन्त्रालय स्रोतका अनुसार, घिसिङलाई नै निरन्तरता दिने गरी तयार भएको प्रस्ताव मन्त्रिपरिषदमा पठाउन भने बाँकी रहेको छ । घिसिङको कार्यावधि आगामी २९ भदौमा सकिंदैछ

Related Articles

Back to top button
Close