News

थप १३५९ जनामा कोरोना पुष्टि

काठमान्डौ , नेपालमा देशका बिभन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा आज २४ घन्टामा थप १३५९ जनामा कोरोना पुष्टि भएको छ ।आज गरिएको १३६३८ कुल पीसीआर

परीक्षणमा ४६४ जना महिला र जना पुरुष ८९५ गरि थप १३५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार पछिलो २४ घन्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १३५४ रहेको छ ।नेपालमा पछिलो २४ घन्टामा कोरना संक्रमणबाट १४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

यो संगै कोरोनाबाट ज्यान गु’माउनेको संख्या २७१ पुगेको छ ।मन्त्रालयका अनुसार आज ज्यान गु’माउनेमा काठमान्डौ ३ जना महिला , चितवन १ जना महिला , सप्तरी २ जन पुरुष , धनुषा १ जना पुरुष , कास्की १ जान पुरुष ,

नवलपरासी १ जना पुरुष ,प्युठान १ पुरुष ,रुपन्देही १ पुरुष ,पाल्पा १ पुरुष र सुर्खेतको एकजना पुरुष गरि १४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close