Entertainment

शनिबार यी काम गर्नुहोस्, हुन्छ भाग्योदय

शनिबार मुख्य रुपमा शनिको पुजा गरिन्छ । यस दिन शनिको पुजा गर्दा भाग्योदय हुने र बाधा हट्ने विश्वास गरिन्छ। शनि न्यायाधीश हो र यो ग्रहको स्थितिले हाम्रो सफलता/असफलता निर्भर गर्छ।

शनिको दशाबाट बच्न शनिबार यी ४ सहज कार्य गर्न सकिन्छ

१) यदि शनिको साढे सातको दशा चल्दैछ भने नदीमा शनिबार कालो तिल प्रवाहित गर्नुपर्नेछ।

२) हरेक दिन एक लोटा पानीमा सफा पानी भरेर त्यसमा थोरै कालो तिल राखेर यो जललाई शिवलिंगमा ॐ नमः शिवाय मन्त्र जप्दै चढाउनुस्।

३) हरेक शनिबार कालो तिलको दाना कालो कपडामा बाँधेर कुनै गरिब व्यक्तिलाई दान गर्दा पैसासँग जोडिएका समस्या हट्छ।

४) दुधमा कालो तिल मिसाएर पिपलमा चढाउदा खराब समयबाट बच्च सकिन्छ।

Related Articles

Back to top button
Close