News

९४ अर्ब तिर्नुपर्ने भएपछि कोरोना बीमामा जनता झु’क्याइयो

काठमाडौं, थप स्पष्ट पार्न भन्दै कोरोना बिमाको दा’बि भुक्तानी सम्बन्धमा गरिएको पत्राचारले बीमा समितिको लाचारी बाहिरिएको छ। सस्तो लोकप्रियताको खोजीमा बिश्वमै नभएको कोरोना बीमा को धारणा ल्याएको बीमा कम्पनीले अब जो’खिम थेग्न नसक्ने भएपछि कमजोरी लुकाउन ला’चारपन देखाएको वि’श्लेषण गरिएको छ। ६ सयको बीमा गर्दा लाख रुपैयाँ पाइने स्कि’मको रुपमा ल्याइएको कोरोना बीमाले नेपालका कम्पनीलाई धेरै क्ष’ति हुने भएपछि बीमा समितिले आफ्नो बिगतको क’मजोरी लुकाउन लाचारीपन देखाएको विश्लेषण छ।

विश्वभर महामारीको रुप लिइरहेको कोरोनाले नेपालमा ठुलो क्ष’ति गर्दैन भन्ने अनुमानमा ल्याइएको यो पोलिसीले नोक्सानी पुर्याउने भएपछि समितिले ब’हानाबाजी गरेको देखिएको छ। यसअघि कोरोना पोजेटिभ देखिएपछि कोरोना बीमा गर्नेले १ लाख रुपैयाँ पाउने व्यवस्था थियो। तर अहिले आएर बिमा समितिले धेरै अर्थ लाग्ने गरि ‘थप स्पष्ट पार्न खोजिएको’

भन्दै कम्पनीहरुलाई निर्देशन जारि गरेको छ। बिगतमा सरकारी निजि केहि नभनी कोरोना पोजेटिभ देखिए पश्चात बिमा गर्नेले सहजै १ लाख दा’बि भुक्तानी पाउने व्यवस्था रहेकोमा अहिले बीमा समितिले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसीआर परिक्षण गर्दा कोरोना भाइरस रोग संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिन भित्र दा’बि भुक्तानी गर्नुपर्ने भनेको छ।

तर बीमा समितिले यो निर्देशन जारी गर्नुको कुनै अर्थ नभएको स्वास्थ्य क्षेत्रका बिज्ञहरुको भनाई छ। उनीहरुकाअनुसार नेपालमा हाल ४७ वटा संस्थाले पिसीआर परिक्षण गर्दै आएका छन् ति सबै स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका संस्थाहरु नै भएकाले यो सूचना जारी गर्नुको कुनै अर्थ नभएको उनीहरुको भनाई छ।

स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत गणेश श्रीबास्तवले नेपालमा हुने सबै प्रकारको पिसिआर स्वास्थ्य मन्त्रालय अन्तर्गत भएकोले निजि र सरकारी भन्ने नभएको प्रष्ट पारेका छन् । उनले भने, ‘सबै पिसिआर परिक्षण स्वास्थ्य मन्त्रालयकै मा’तहत भइरहेको छ ।

Related Articles

Back to top button
Close