News

टयाक्सी तथा निजी सवारी बिहान ६ देखि साँझ ८ बजेसम्म चलाउन पाइने

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले एक हप्ता निषेधाज्ञा थपेको छ। कास्की जिल्लाभर लागू हुने गरी २७ भदौसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो।

यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो। कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गरेको आदेश अनुसार अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा अनिवार्य रूपमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्न निषेध गर्दै प्रशासनले जिल्लाभर जोर गते जोर र विजोर गते विजोर नम्बरका टयाक्सी तथा निजी सवारी साधन बिहान ६ देखि साँझ ८ बजेसम्म सञ्चालन गर्न सकिनेछ।

Related Articles

Back to top button
Close