News

प्रहरीले मिलापत्र गराएर पठाए, घरमा पुगेपछि श्रीमतीको ज्यान लिए र खोलामा लगेर शव फा’ले

प्युठानमा प्रहरीले मिलापत्र गराएर पठाएपछि घरमा पुगेर श्रीमानले श्रीमतीको ज्यान लिएका छन् । एक महिना अघि झिम्रुक खोलामा शव फेला परेकी महिलाको ज्यान उनकै श्रीमानले लिएको खुलेको छ ।

६ वर्ष अघि प्रेम विवाह गरेका गौमुखी गाउँपालिका ७ नारीकोटा हरिबहादुर विकले श्रीमती माया विकको ज्यान लिएका हन् । उनीहरुको विवाह भएको २ वर्ष देखि नै सम्बन्ध विग्रदै आएको खुलेको छ । तीन वर्ष देखि नै उनीहरुबीच विवाद हुन थालेको थियो ।

हरिबहादुरले श्रीमतीलाई बेलाबेलामा कु’ट्’ने गरेका थिए । श्रीमानले कु’टे’पछि स्थानिय महिला नेतालाई उनले यो कुरा सुनाएपछि प्रहरीको रोहवरमा मिलापत्र गराएर घर पठाइएको थियो । त्यही रिस फेर्न उनले श्रीमतीको ज्यान लिएको खुलेको छ ।

श्रीमतीको कानको झुम्का माग्दै निउ खोजेका उनले विवाद बढ्दै गएपछि घाँ’टी थि’चे’र ज्यान लिएको प्रहरी अनुसन्धानवाट खुलेको छ । उनले साउन १४ गते राती श्रीमतीको ज्यान लिएर बाँस रोप्न खनेको खा’ल्डो’मा लगेर पुरेका थिए । पछि आफ्ना बाबु र छिमेकीको सहयोगमा शव बोकेर झिम्रुक खोलामा लगेर फा’ले’को प्रहरी सामु वयान दिएका छन् ।

साउन १० गते राती झ’ग’डा भएपछि उनी नारीकोटकी अगुवा महिला मधु जिसीकहाँ सहयोग माग्न गएकी थिइन् । प्रहरीले मिलापत्र गरेर पठाएको चार दिनमै उनको ज्यान गएको हो । उनीहरुकी ५ वर्षकी छोरी छन्

Related Articles

Back to top button
Close