News

पछिलो २४ घन्टामा कोरोनाबाट ९ जनाको मृ’त्यु

काठमान्डौ , नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ जनाको ज्यान गएको छ ।योसँगै नेपालमा कोरोनाबाट ज्यान गु’माउनेको संख्या २८० पुगेको छ। त्यस्तै नेपालमा आज थप १०४१ जनामा कोरोना पुष्टि भएको छ ।देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२

पुरुषमा संक्रमण पुष्टि भएको हो ।देशमा हालसम्म कुल संख्या संख्या ४५ हजार २७७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । यसै गरि पछिलो २४ घन्टामा कोरोनालाई जितेर १५६६ जना घर फर्किएका छन् ।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ। यो कुल संक्रमितको ६० प्रतिशत हो। त्यस्तै काठमान्डौ उपत्यकामा ४०८ जनामा कोरोना पुष्टि भएको छ । काठमान्डौमा ३२६ , ललितपुरमा ३७ र भक्तपुरमा ४५ गरि ४०८ जनामा कोरोना पुष्टि भएको हो ।

Related Articles

Back to top button
Close