News

आज एकैदिन १५ सय ६६ कोरोना संक्रमित निको भए

काठमाडौं , नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना भाइरस संक्रमित निको भएका छन्। स्वास्थ्य

तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५६६ जना कोरोना संक्रमित निको भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २७ हजार १२७ पुगेको छ। त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ जनाको ज्यान गएको छ ।योसँगै नेपालमा कोरोनाबाट ज्यान गु’माउनेको संख्या २८० पुगेको छ।

ज्यान गुमाउनेमा मोरङ, मकवानपुर र नवलपरासीका ३ महिला, पर्सा, महोत्तरी, काठमाडौं र रुपेन्देहीका पुरूष छन् ।त्यस्तै नेपालमा आज थप १०४१ जनामा कोरोना पुष्टि भएको छ ।देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

देशमा हालसम्म कुल संख्या संख्या ४५ हजार २७७ पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ ।त्यस्तै काठमान्डौ उपत्यकामा ४०८ जनामा कोरोना पुष्टि भएको छ । काठमान्डौमा ३२६ , ललितपुरमा ३७ र भक्तपुरमा ४५ गरि ४०८ जनामा कोरोना पुष्टि भएको हो ।

Related Articles

Back to top button
Close