News

सडकमा रहेका जनतालाई पल शाहले खुवाए मीठो खाना

काठमाडौं, २० भाद्र / कोरोना महामारीले यतिबेला धेरैको जनजीवन प्रभावित बनेको छ । उपत्यका लगायत देशका विभिन्न स्थानमा सरकारले निषेधाज्ञा जारी गरेपछि दैनिक ज्याला मजदुरी गर्नेहरु भोकभोकै दिन कटाउन बाध्य बनेका छन् ।

अभिनेता पल शाहलाई भने लकडाउनमा भ्याइनभ्याई छ । बन्दाबन्दी खुकुलो भएसँगै केही म्युजिक भिडियोमा देखिएका शाह यतिबेला भने भोका पेटहरुलाई खाना खुवाउनमा व्यस्त छन् ।त्यस्तै शनिबार राजधानीको सडकमा भोका रहेका जनतालाई पल शाहले आफ्नै हातले खाना बाडेका छन् ।

सामाजिक सक्रिय शाहले यसअघि चलचित्र प्राविधिकहरुलाई पाँच लाख बराबरको राहत सहयोग गरेका थिए भने केहिसमय अगाडि कैलाली पुगेर बाढी पहिरो पीडितलाई सहयोग गरेर फर्केका थिए ।

Related Articles

Back to top button
Close