Entertainment

हरेक प्रकारका कार्य सिद्धिका लागि कुबेर लक्ष्मी दाहिने भएकाे जग्गा अत्यन्तै शुभ

ज्याे . सुरेश चन्द्र रिजाल , अवश्यमेव भाेकतुव्यम् शुभ कर्मा कृतारकृत” राम्राे अथवा नराम्राे जस्ताे कर्म हामीले गरेका छाै त्याे भाेग्नु नै पर्छ याे जन्ममा नसकिएपनि अर्काे जन्म भाेग्नकै लागि भएपनि कुनै न कुनै रुपमा जन्म भएरै छाेड्ने शास्त्रमा उल्लेख गरिएको छ ।

जन्मपनि त्यहीँ अनुसारकाे कुलमा भएकाे हुन्छ सुख भाेगगर्नु पर्नेकर्म गरिएको छ भने सुखी कुलमा जन्म हुन्छ भने दुख भाेग्नु परेकाे छ भने तेस्तै प्रकारकाे कुलमा जन्म भई विभिन्न अफ्ट्यारा परिस्थितिकाे सामाना गर्नुपर्ने शास्त्रमा उल्लेख गरिएको छ । भाग्य,कर्म र वास्तु तीनवटैकाे बराबर सन्तुलन मिलाउन सकेमा हरेक प्रकारका कार्यगर्न सहजीकरण हुने वस्तुविद्ले जानकारी गराएका छन् ।

भाग्य र कर्मद्बारा प्राप्त गरिएकाे सम्पत्ति यदी सही स्थान पहिचान गरि लगानी गर्न सकिएन भने गलत स्थानका कारणले भाग्य र कर्मबाट प्राप्त धन सम्पत्ति नष्ट भएर जाने हुदा जग्गा जमीन खरिदबिक्री गर्दा विशेष ध्यानदिनुपर्ने वास्तुशास्त्री

बताउदछन ।कुनै जग्गा खरिद गर्दा हरेक प्रकारका कार्यहरु विस्तारै बन्दै जान्छन् भने कुनै जग्गाहरु यस्ताे पनि हुन्छ जुन खरिद गरेर आफ्नाे नाममा ल्याउने बित्तिकै गर्नलागेका हरेक प्रकारका कार्य बिग्रिदै जान्छ अचानक स्वस्थ्यमा समस्या आई धन सम्पत्तिमा निक्कै नाेक्सान व्याेहाेर्नु पनि पर्न सक्ने वास्तुशास्त्रीले जानकारी गराएका छन ।

शास्त्रका अनुसार व्यवसायीक प्रयाेजनका लागि पूर्व पश्चिम फैलिएकाे जग्गा शुभ हुन्छ भने बसाेवास गर्नका लागि उत्तर दक्षिण फैलिएकाे जग्गा वास्तुशास्त्र अनुसार अत्यन्तै शुभ मानिन्छ । लामाे समयसम्म स्थिर रहेर व्यवसाय गर्नका लागि उत्तरबाट आउने सकारात्मक तरङ्ग तथा कुबेर लक्ष्मी दहिने

भएकाे जग्गा अत्यन्तै शुभ मानिन्छ यस्ताे जग्गामा व्यवसाय शुभारम्भ गरेमा हरेक प्रकारका व्यवसाय सफल रहने छ ।बसाेबास गर्नका लागि पूर्वबाट आउने सूर्यको सकारात्मक उर्जाकाे आवश्यकता हुन्छ । यस्ताे जग्गामा वसाेबास गर्दा स्वास्थ कहिल्यै बिग्रिदैन र दिमागपनि तेजिलो हुन्छ ।

त्येसैले वास्तुकाे नियम अनुसार जग्गाकाे छनाैट गरेमा सुख,शान्ति तथा सम्बृद्धि प्राप्त हुने वास्तुसास्त्रीले जानकारी गराएका छन् ।उत्तर पूर्व तथा उत्तर दिशा वृद्धि भएकाे जग्गा खरिद गर्दा अत्यन्तै शुभ तथा धनदायक हुने उल्लेख गरिएको

छ । त्येसकाे ठिक विपरीत जग्गा खरित गर्दा आर्थिक नाेक्सानी व्यहोर्नुपर्ने पनि उल्लेख गरिएको छ ।लेखक :- ज्याेतिष तथा वास्तुविद् सुरश चन्द्र रिजाल उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।

Related Articles

Back to top button
Close