News

अ’श्लिल शब्द प्रयोग गर्दै च्याटमा गा’ली गर्ने प्रदेश सांसद होमकुमारी ३ महिना पार्टीबाट निलम्बित

ताप्लेजुङ । ताप्लेजुङकै एक युवतीलाई फेसवुक म्यासेन्जर र भाईबरबाट अ’पशब्द प्रयोग गर्दै गाली गरेको निश्कर्ष निकाल्दै प्रदेश संसद होमकुमारी साँवालाई पार्टीले नि’लम्बन गर्ने निर्णय गरेको छ ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ताप्लेजुङले सचिवालय सदस्य तथा प्रदेशसभा सांसद होमकुमारी साँवालाई ३ महिनाका

लागि पार्टी जिल्ला कमिटिबाट नि’लम्बन गर्ने निर्णय गरेको हो ।म्यासेन्जर र भाईबरमा गरिएका च्याटमा उल्लेख भएका शब्दहरु सार्वजनिक निकायमा बस्ने व्यक्तिबाट हुने भन्दा अस्वभाविक पाइएकोले साँवालाई ३ महिना नि’लम्बन गर्ने निर्णय भएको नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले जानकारी दिए ।

च्याट बा’हिरिएपछि छानबिन गर्न नेकपा ताप्लेजुङले काफ्लेको संयोजकत्वमा ३ स’दस्यीय कार्यदल बनाएको थियो ।सचिवालय सदस्य तथा प्रदेशसभा सांसद साँवाले आफूबाट अब उप्रान्त यस्ता कमि क’मजोरी नहुने सर्तसहितको लि’खित स्पष्टीकरण समेत पार्टीलाई बुझाएको नेकपा ताप्लेजुङले जनाएको छ ।सोही

घ’टना सँग जोडिएका नेकपा ताप्लेजुङ जिल्ला कमिटि सदस्य एवम् प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ र नेकपा ताप्लेजुङका कार्यालय सदस्य सन्तोष खतिवडाले आ’त्मा आ’लोचना गरेकाले उनिहरुमाथि भने कुनै का’रवाही नगरिएको नेकपा ताप्लेजुङले जनाएको छ ।

Related Articles

Back to top button
Close