News

सप्तकोशीमा पानीको बहाव बढेपछि भारतमा रुवाबासी

पहाडी क्षेत्रमा जारी अविरल वर्षासँगै सप्तरी र सुनसरीको सीमामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्न सुरु गरेको छ । सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ ।

नदीमा याे बर्षकै पानीकाे बहाव उच्च भएसंगै नेपाल र भारतका बिभिन्न क्षेत्र डुवानकाे जाे’खिममा रहेका छन् ।

पानीको बहाव २ लाख ५६ हजार ६१५ क्युसेक प्रतिसेकेन्ड मापन भएको छ । यस्तै, ब्यारेजको ५६ ढोका मध्ये ३८ ढोका खोलिएको छ । यस अघि शुक्रबार बिहान पानीको बहाव २ लाख ७ हजार ७ सय १५ क्युसेक पानी प्रतिसेकेन्ड थियो भने ३० वटा ढोका खोलिएको थियो ।

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारण र आसपासका बासिन्दालाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ति बाल्ने गरिन्छ यसरी पानीको बहाव २ लाख ५६ हजार ६ सय १५ क्यूसेक प्रतिसेकेन्ड पुगिसकेकाले पश्चिमतर्फ रातो बत्ति बालिएको कोशी ब्यारेज सुरक्षार्थ खटिएका असई कुलबहादुर खत्रीले जानकारी दिएका छन् ।

पानीको बहाव ३ लाख काट्ना साथ अति ख’तराको संकेत रुवरुप रातो झण्डा झुन्ड्याउने गरिएको उनको भनाई छ ।

Related Articles

Back to top button
Close