News

काठमाडौँमा ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या, ललितपुर र भक्तपुरमा पनि घट्यो

काठमाडौं । काठमाडौँमा आज २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुर र भक्तपुरमा क्रमश ३२ ३२ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित गरेर काठमाडौँ उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा आज अहिलेसम्मकै धेरै १ हजार ८ सय १४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८९४१ पुगेका छन् ।

यो ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा आज १७ हजार २७ सक्रिय संक्रमित रहेका छ । नेपालमा होम आइसोलेसनमा देशभर ७ हजार २६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १०३८२ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Related Articles

Back to top button
Close