News

लकडाउनको नयाँ मोडालिटी, आधा दिन खुल्ला आधा दिन बन्द ! [सुचनासहित]

समुदायस्तरमा कोरोनाको प्रभाव देखिएपछि एक हप्तादेखि दाङमा सुरु भएको लकडाउनको मोडालिटी फेरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचना

अनुसार लकडाउनको मोडालिटि फेरेर आधा दिन खुला र आधा दिन लकडाउन गर्ने निर्णय गरिएको छ ।दाङमा बिहान ६ बजेदेखि १२ बजेसम्म सार्वजनिक यातायता, होटेल व्यवसाय,सिनेमाहल, क्लब बाहेकका सबै बजार खुल्ने भएका छन् भने १२ बजेदेखि लकडाउन गरिने निर्णय गरिएको दाङका

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । सबैले बिहान ६ घन्टा बजार खोल्ने भन्ने सुझाव दिएसँगै सहमति भएपछि लकडाउनको मोडालिटि परिवर्तन गरिएको प्रजिअ रिजालले बताए । मध्यान्ह १२ बजेपछि भने फेरि नियमित रूपमा लकडाउन हुने प्रजिअ रिजालले बताए । बिहान ६ घन्टा खोल्दा बैंक तथा वित्तीय संस्था पनि मर्कामा नपर्ने र सबैलाई सहज हुने अनुमान गरेर यस्तो निर्णय गरिएको उनले बताए ।

यसमा सार्वजनिक यातायता पूर्ण रुपमा बनद गर्न र निजी सवारी साधनहरु जोडविजोडमा सञ्चालन गर्ने निर्णय समेत गरिएको छ । एक हप्ता अगाडि बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आइतबार राती १२ बजेसम्म

निषेधाज्ञा जारी गरेको छ । दाङमा शनिबार बेलुकासम्म कोरोना भाइरस संक्रमितको संख्या ९९२ पुगेको छ । यसमा ५० जना समुदायस्तरका संक्रमित रहेका छन् । सबै बजार खुल्ने भएका छन् भने १२ बजेदेखि लकडाउन गरिने निर्णय गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

यो पनि, महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सात वटा वडा सङ्क्रमणको ‘हटस्पट’ पहिचान गरिएको छ । एक सय जनाभन्दा बढी सङ्क्रमित रहेका वडालाई हटस्पटमा

राखिएको महानगरपालिकाका स्वास्थ्य महाशाखाका सम्पर्क व्यक्ति ज्ञानबहादुर ओलीले जानकारी दिनुभयो । वडा नं ३२ कोटेश्वर र वडा नं १६ बालाजुमा दुई सयभन्दा बढी सङ्क्रमितको पुष्टि भइसकेको छ । वडा नं २७ महाबौद्ध र वडा नं ३ महाराजगञ्जमा करिब १८५ सङ्क्रमित छन् । वडा

नं १४ कलङकी र वडा नं १३ कालीमाटीमा करिब १३५ सङ्क्रमित पुष्टि भएको महानगरपालिकाले जनाएको छ । वडा नं २८ अन्तर्गत पर्ने बागबजारमा १०३ सङ्क्रमित छन् । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बढी भएको क्षेत्रमा प्राथमिकता राखेर कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मात्रै सङ्क्रमितको सम्पर्कमा आएका १९५ जनालाई पहिचान गरिएको छ ।

तर महानगरको उक्त प्रयास भने पर्याप्त देखिन्न । काठमाडौँमा मात्रै शुक्रबार ३८६ जना सङ्क्रमित पुष्टि भएका छन् । सङ्क्रमितको सम्पर्कमा आएका कम्तिमा एक हजार हुन आउँछ

तर दैनिक एक सयदेखि दुई सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति पहिचान गरिएको छ । महानगरले कन्ट्याक्ट ट्रेसिङका लागि दशवटा टोली खटाएको छ । टोलिले हालसम्म छ हजार ४१३ जनालाई अलग्याएर पीसीआर परीक्षण गरेको छ । प्रवक्ता डङ्गोल भन्नुहुन्छ, “सङ्क्रमित पुष्टि भएसँगै सम्पर्कमा आएकाको

खोजी हुन्छ, पहिचान गरेर अलग्याइन्छ र निश्चित समय तोकेर पीसीआर परीक्षण गरिन्छ ।” उक्त कार्यका लागि जनप्रतिनिधि परिचालन गरिएको छ । “स्वास्थ्य उपचार र परामर्शका लागि शहरी स्वास्थ्य क्लिनिक छन् ।” उहाँले थप्नुभयो । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

Related Articles

Back to top button
Close