News

पर्यटन मन्त्री भट्टराईद्वारा मुस्कान खातुनलाई यतिधेरै नगद सहयोग

काठमाडौं, २१ भदाै / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको आज जन्म दिन । आफ्नो जन्मदिनको अवसरमा ए सि ड पी डि त बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गर्नुभएकाे छ ।

गत भदौ २० गते घरवाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले ए’सि ड प्र’हा र गरेका थिए । उनको अहिले पनि उपचार चलिरहेको छ । नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार नगद प्रदान गर्नुभएकाे हाे ।

सहयोग रकम प्रदान गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बताउनुभयाे ।

पी डित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिन अघि बालुवाटारमा बोलाउनुभएर उहाँले शिक्षाको सबै प्रबन्ध गरिने बचन दिनुभएकाे थियाे ।

जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकमलाई मन्त्री भट्टराइले सामाजिक र परोपकारी काममा प्रयोग गर्दै आउनुभएकाे छ । ०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पी डित, विपन्न बालबालिकालाई सहयोग गर्दै आउनुभएकाे छ ।

Related Articles

Back to top button
Close