News

ट्राफिक प्रहरीलाई कु टेको अभि योगमा समातिएकामध्ये एक जनालाई कोरोना संक्रमण

२२ भदौ, काठमाडौं । ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कु टपि ट गरेको अभियोगमा प क्रा उ परेका १७ जनामध्ये एकजनालाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरले म्या द थ प गर्नुअघि गरेको पिसीआर परीक्षणमा एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।ललितपुर प्रहरीका एक अधिकृतका अनुसार हाल प क्रा उ पर्ने गरेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राख्ने गरिएको छ ।

पुल्चोकमा बिहीबार रातो मत्स्येन्द्र नाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झ ड प भएको थियो । त्यसक्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरे नि र्घा त कु टि एका थिए

झ ड पमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । घ ट नापछि प्रशासन र स्थानीयबीच भएको छलफलले सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर आइतबार रथ तान्ने निर्णय गरेको थियो । जसअनुसार शनिबार क्षमा पूजा र आइतबार रथ तान्ने कार्यक्रम सकिएको छ ।

Related Articles

Back to top button
Close