News

काठमाडौँ उपत्यकामा दसैँसम्म निषेधाज्ञा गर्ने भनेपछि सांसदहरुले दिए यस्तो जबाफ !

काठमाडौं– काठमडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै तिनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुखजिल्ला अधिकारीहरु (सीडीओ) ले दशैँसम्म नै निषेधाज्ञा जारी गर्न प्रस्तवा गरेका थिए ।

उनीहरुको प्रस्तावमाथि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिको आइतवारको बैठकमा सांसदहरूले जबाफ दिएका छन् ।सांसदहरुले निषेधाज्ञालाई बढाउँदै जाने कुराले सामाजिक जनजीवनलाई असर पर्ने भन्दै अर्काे बाटोबाट अघि बढ्नुपर्ने बताएका छन् ।

निषेधाज्ञाको अवधि बढाउनु भन्दा कोभिड– १९ को नियन्त्रण, रोकथाम र उपचारका लागि कन्ट्याक्ट ट्रेसिङलाई व्यापक गर्ने, पीसीआर परीक्षण गर्ने, संक्रमितलाई आइसोलेसनमा राख्न व्यवस्था गर्ने, अस्पतालहरूमा आईसीयू र भेन्टिलेटरको व्यवास्थामा बढी ध्यानदिनु पर्ने जोड सांसदहरुको छ ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ सहभागी बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले कोभिड– १९ रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सीडीओ र मेयरहरूलाई सुझाव दिएका हुन् ।त्यस्तै क्वारेन्टीनमा रहेका व्यक्तिको लागि खानाका लागि तोकेको १७५ रुपैयाँ बढाउन समेत बैठकमा सांसदहरुले आग्रह गरेका छन् ।

Related Articles

Back to top button
Close