Sport

शंकटा मन्दिरको दर्शन गर्दै २०७७ साल असार २७ गते शनिबारको राशिफल हेर्नुहोस्

२०७७ साल श्रावणकृष्णपक्ष असार २७ गते शनिवार षष्ठी तिथि उत्तर भाद्रपदा नक्षत्र चन्द्रमा मीन राशिमा ।

मेष राशि : राम्रो दिन छ सोचेको भन्दा राम्रो सफलता हात पार्नु हुनेछ । आर्थिक लाभको साथै काममा नयाँ अवसर प्राप्त हुन सक्नेछ । विद्यार्थीको लागि पढाइ क्षेत्रहरु राम्रो भएर जानेछन् ।

वृष राशि : आमाको स्वास्थ्यलाइ लिएर समस्या देखा पर्न सक्ने छ । वाहान वा चौपायको सुख वाट वञ्चित हुनुपर्ने हुन सक्छ । मनमा धेरै कुरा खेल्ने कारणले गर्दा मन विचलन हुनेछ ।

मिथुन राशि : सन्तान सुखको समय छ । प्रेम वा प्रेमीका सँगको सम्वन्ध राम्रो हुनेछ । गरेको व्यपार व्यवसायमा भने राम्रो आर्थिक लाभ हुन सक्नेछ । यात्राको अवसर प्राप्त गर्न सक्नुहुनेछ ।

कर्कट राशि : शत्रु वृद्धि हुनका साथै शत्रुका कारण गरेको काममा वाधा अर्डचन आउने छ । स्वास्थ्य समस्याले सताउन सक्नेछ । अनावश्यक यात्रा वा झगडा पर्न सक्नेछ सतर्क रहनु होला ।

सिंह राशि : आर्थिक लाभ हुनुका साथै लगानी गर्ने नयाँ अवसर प्राप्त हुन सक्छ । दाजुभाइ सँगको सम्वन्ध राम्रो हुनेछ विदेशसँग सम्वन्धित कामहरु बन्नेछन् । नयाँ सथिभाइ सँग नँया सम्वन्ध गासिनेछ ।

कन्या राशि : कर्म धरै प्रतिफल थोरै पाउने समय छ । आर्थिक कारोवार नगर्दा राम्रो हुनुका साथै धन डुव्ने सम्भावना कम हुनेछ । घर परिवारको सुख सुविधा पाउने समय छ । दाम्पत्य जीबनमा मधुरता हुनेछ।

तुला राशि : गरेको काममा भाग्यले साथ दिनुका साथै थोरै मेहनतमा पनि धेरै लाभ प्राप्तहुन सक्नेछ । नयाँ अवसरको सदुपयोग गर्नुहोला राम्रो हुनुका साथै लगानी डुव्ने सम्भावना कम हुनेछ ।

वृश्चिक राशि : चोटपटक लाग्ने वा स्वास्थ्य समस्या हुन सक्नेछ । मुख खुट्टामा समस्याहरु देखा पर्न सक्नेछ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । यात्रा नगर्नु होला अन्यथा समस्यामा पर्न सकिन्छ ।

धनु राशि : कामको पाटनर सँग कुनै समस्या थियो भने हटेर जानुका साथै सम्वन्धमा मधुरता छाउने छ । नयाँ व्यत्तिसँगको भेटले मन रमाउनुको साथै नयाँ अवसर प्राप्तहुन सक्छ ।

मकर राशि : शत्रु वढ्नुका साथै स्वास्थ्य समस्या देखापर्नेछ । पत्निको स्वास्थ्यमा पनि समस्या हुन सक्छ । घर परिवारमा कलहको वातावरण वन्न सक्छ संम्यमता अपनाउँदा राम्रो हुनेछ

कुम्भ राशि : वल वुद्धि वढेर जानेछ । मनमा प्रसन्नता छाउने छ आफूले गरेको कर्ममा पाएको सफलताको कारणले गर्दा मनमा प्रशन्नता छाउने छ । सन्तान सुख तथा आमाको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ ।

मीन राशि : धरै राम्रो समय छैन । आर्थिक हानीका साथै दाजुभाइ सँगको सम्वन्धमा समस्या देखापर्न सक्नेछ । वोल्दा विचार गर्नुहोला अन्यथा शत्रु वढ्नेछन् । आफन्तसँगको भेटले मन रमाउने छ ।

Related Articles

Check Also
Close
Back to top button
Close