News

जनतालाई भोकै बस्न नदिन सरकार ला’गिपरेको छ : प्रधानमन्त्री ओली

२२ भाद्र २०७७, सोमबार काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका ने’तृत्वकर्ताहरूसँग आईतबार प’रामर्शका गरेका छन् । त्यसक्रममा उ’द्योगी व्य’वसायीहरूले नि’षेधाज्ञा खु’कुलो पारेर अ’र्थतन्त्रलाइ च’लायमान गर्न र को’रोनालाई हौ’वाको विषय न’बनाउन अ’नुरोध प्रधानमन्त्रीसमक्ष आ’ग्रह गरेका छन् ।उक्त अवसरमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका ने’तृत्वकर्ताहरूको तर्फबाट आआफ्ना सु’झावहरू प्र’स्तुत गरेका थिए ।

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेको अध्ययन र संबोधनको बारेमा स्पष्ट गरेका थिए ।आफ्नो संबोधनका क्रममा प्रधानमन्त्रीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्दै स्वतन्त्रताको असन्तुलित वकालतले गर्दाचाहिं धेरै ठूलो क्षति भो’ग्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण गराए ।उनले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको समेत उल्लेख गरे ।

कोभिड – १९ बारेको सूचना प्र’वाहले भ’यावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आ’तंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जि’म्मेवारहरू सचेत हुन पनि उनले निर्देशन दिए ।उनले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आ’ह्वान गरे । प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे ।काम गरेर खान नेपालमा स’मस्या नरहेको स्थिति पनि उनले स्पष्ट पारे ।

उनले भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आ’कर्षण छैन, युवाहरू यो अवस्था बुझेर देशभित्र क्रि’याशील हुन पनि आ’ह्वान गरे । छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठौ मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउने उनको तर्क थियो ।कोरोनाको विषयमा मनोवैज्ञानिक आ’तंक न’फैलाई नागरिकको म’नोबल बढाउनुपर्नेमा उनले विशेष जो’ड दिए । छलफल करिब अढाई घण्टासम्म थियो ।

Related Articles

Back to top button
Close