News

ट्राफिक प्रहरीमाथि

ललतिपुर। ललितपुरको पुल्चोकमा मत्स्येन्द्रनाथको जात्राका क्रममा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ५ जनालाई कोरोना संक्रमण देखिएको छ। ट्राफिक प्रहरीका जवानमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका आधा जतिलाई कोरोना संक्रमण देखिएको महानगरीय प्रहरी प्रमुख एसएपी टेक प्रसाद राईले जानकारी दिनुभयो।

एसएसपी राईका अनुसार ट्राफिक प्रहरीमाथि कुटपिटको आरोपमा २० परेका थिए। सो मध्ये घटनमा संलग्न नभएको देखिएपछि ३ जनालाई छाडिएको थियो। बाँकी १७ को स्वाब लिई परीक्षणका लागि पठाइएकोमा १२ जनाको रिपोर्ट आएको एसएपपी राईले बताउनु भयो।

१२ जनाको रिपोर्ट आउँदा आधाभन्दा धेरैमा संक्रमण देखिएको राईले जानकारी दिनुभयो। किुटपिटको आरोपमा पक्राउ परेका थप ५ जनालाई आज संक्रमणको पुष्टि भएको जल्ला स्वास्थ्य कार्यालय स्रोतले जानकारी दिएको छ। एक जनालाई भने यसअधि नै कोरोना संक्रमण रहेको पुष्टि भइसकेको छ।

Related Articles

Back to top button
Close