News

खुशीको खबर : थप १ हजार ७ सय ३६ कोरोना संक्रमित निको भए

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७३६ कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।

त्यस्तै नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा देशभर रहेका प्रयोगशालामा ९ हजार २ सय १८ जनाको नमूना परिक्षण गर्दा ९ सय ७९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

आज थप १७ सय ३६ जना कोरोनामुक्त भएका छन् यसरी कोरोनामुक्त हुनेको संख्या ३० हजार ६ सय ७७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ वेव पोर्टलमा राखिएको छ ।

त्यस्तै वितेको २४ घन्टामा थप ११ जनाको निधन भएसँगै ज्यान गुमाउनेको संख्या ३ सय पुगेको छ ।

Related Articles

Back to top button
Close