News

अर्जुन कपुर पछि मलाइका अरोरालाई पनि कोरोना पुष्टि

काठमाडौ । भारतीय कलाकार अर्जुन कपूरलाई दुई दिन अघि कोरोना पुष्टि भएको थियो । उनले आइतवार सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना भएको जानकारी दिएका थिए कोरोना पुष्टि भएपनि कुनै लक्षण नदेखिएको र अहिले होम आइसोलेसनमा बसेको जानकारी उनले गराएका थिए ।

अर्जुनपछि उनकी प्रेमिका मलाइका अरोरामा पनि कोरोना भएको छ ।मलाइकाले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू पनि कोरोना संक्रमित भएको बताएकी छिन् । ‘मलाई कोरोना पोजेटिभ देखिएको छ, सेल्फ आइसोलेसनमा छु र म स्वस्थ्य रहनेछु,’ उनले सामाजिक सञ्जलमार्फत जानकारी दिँदै भनेकी छन् ।

आइतवार अर्जुनले पनि सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै आफू कोरोना संक्रमित भएको र डाक्टरको सल्लाहमा अलग बसेको बताएका थिए ।
उनले कोरोना भाइरसलाई आफूले छिट्टै जित्ने भन्दै फ्यानलाई धन्यवाद समेत दिएका थिए ।

यसअघि बलिउडका अन्य कलाकारमा पनि कोरोना भाइरस पुष्टि भइसकेको छ । अमिताभ बच्चन र उनका परिवारका ३ सदस्यमा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु निको भएर काममा फर्किसकेका छन् । बलिउडका महानायक अमिताभ

बच्चन, अभिनेता अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राय बच्चन, गायिका कनिका कपुर लगायतका कलाकारले कोरोना जितिसकेका छन्। बलिउड कलाकारमा सबैभन्दा पहिला कनिकालाई कोरोना पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close