News

एकैदिन ६३ जना सैनिकमा कोरोना पुष्टि

कैलाली : सुदूरपश्चिममा आज (सोमवार) थप ७५ जनामा कोरोना पुष्टि भएको छ ।सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ४ सय ४५ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ७१ र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो ।कैलालीको लम्की चुहा नगरपालिकाका मात्रै ६३ जनामा

संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । उनीहरू सबै नेपाली सेनामा कार्यरत हुन् । लम्की चुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत ६३ जना सैनिकमा कोरोना पुष्टि भएको छ ।

शिक्षालयमा कार्यरत ४ जना सेनामा संक्रमण पुष्टि भएपछि २ सय ४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो । यसअघि सुदूरपश्चिमको डोटीमा कार्यरत २१ जना सैनिकमा पनि एकै दिन कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।धनगढी उप-महानगरपालिका वडा नं.५ का ४

जना, वडा नं.२ का २ जना, वडा नं.१३ का १ जना र घोडाघोडी नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको बताए ।त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ ।डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९१ जनाको कोरोना परीक्षण गर्दा बझाङको थलारा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए

Related Articles

Back to top button
Close