News

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु

कपिलवस्तु – नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट एक जना पत्रकारको मृत्यु भएको छ ।

कपिलवस्तुमा रहेर पत्रकारिता

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु

कपिलवस्तु – नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट एक जना पत्रकारको मृत्यु भएको छ ।

कपिलवस्तुमा रहेर पत्रकारिता क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील उनको सोमबार दिउँसो निधन भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना व्यवस्थापन सम्पर्क व्यक्ति कुमार थापाले जिल्लाका एक जना पत्रकारको मृत्युपछि कोरोना पुष्टि भएको खबरहबलाई बताए ।

“हाम्रो जिल्लामा एकजना कोरोना संक्रमित ६० वर्षका पत्रकार को मृत्यु भएको छ,” थापाले खबरहब सँग भने, “आज दिउँसो २ बजे कपिलवस्तु अस्पतालमा मृत्यु भएको थियो, मृत्युपछि बेलुका ५ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आयो ।”

कोरोना परीक्षणका लागि १० दिन अघि स्वाब लिइएकोमा आज साँझ उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी मधुमेह, उच्च रक्तचाप र मिर्गाैला रोगबाट पीडित थिए ।

Related Articles

Back to top button
Close