Entertainment

लकडाउन पछि भेटिएका पुजा र आकाशले आफ्नो प्रेम र विवाहको बारेमा यसरी खुलेरै बोले (भिडियो हेर्नुस्)

आकाश श्रेष्ठ र पुजा शर्मा फिल्म क्षेत्रमा निकै मनपराइएको जोडी हो । उनीहरुलाई फ्यानले राम्रो जोडीका रुपमा हेर्छन । कतिपयले आकाश र पुजालाई वास्तविक जोडीका रुपमा पनि हेरिरहेका छन् । उनीहरुका बीचमा वास्तवमै प्रेम सम्बन्ध रहेको दावी पनि गरेका छन् । कोरोनाका कारण लागू भएको लकडाउन हटेपछि आकाश अहिले आफ्नो गृहजिल्लावाट दागंवाट फर्किएका छन् । उनीहरु अहिले फेरी भेटिएका छन् । पुजाको जन्मदिनमा पनि आकाश थिइनन् ।

लकडाउन पछि उनीहरु पहिलो पटक संगै एउटै फ्रेममा आएका छन् । एक टेलिभिजन अन्तरवार्तामा संगै देखिएका उनीहरुले आफुहरुबीच ३२ गुणमा २८ गुण मिल्ने बताएका छन् । कुनै पनि जोडी मिलाउँदा हिन्दु संस्कारमा दुई जनाको गुण मिलाउने परम्परा छ । त्यसमा जति धेरै गुण मिल्यो त्यती धेरै त्यो विवाह वा सम्बन्ध सफल हुने मानिन्छ । पुजाले आफुहरुको २८ गुण मिलेको बताएकी छन् । उनीहरुको राशिपनि एउटै हो ।

तर दर्शकले वास्तविक जोडीकै रुपमा बुझे पनि अहिले त्यो वास्तविकता नभएको बताएका छन् । अहिले आफुहरु निकै मिल्ने साथी भएको बताएका छन् । पुजाले भनिन्, अहिले हामी निकै मिल्ने साथी हो तर भोली के हुन्छ भन्न सकिन्न । त्यस्तै आकाशले पनि त्यो भविष्यले नै बताउने बताएका छन् ।

धेरै फिल्ममा आकाश र पुजा संगै भएकाले पनि दर्शकले यस्तो अनुमान गरेको हुनसक्ने बताएका छन् । फिल्म निर्माताहरुले पनि दुई जनालाई नै प्राय संगै राख्ने मनसाय राख्ने भएकाले यस्तो सम्भव भएको बताएकी छन् । फिल्म क्षेत्रमा दुई जनाले फिल्ममा एक अर्कालाई अफर गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर त्यो कुरा उनीहरुले भने अस्वीकार गरेका छन् । कहिल्यै पनि आफुहरुले एक अर्कालाई अफर नगरेको बताएका छन् ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Related Articles

Back to top button
Close