News

काठमाडौं उपत्यकामा फेरि नि’षेधाज्ञा थपे ज’नताले सहदैनन्

काठमाडौं । काठमाडौं उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा भोलि मध्यरातमा सकिँदै छ । यसअघि भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जो’खिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले नि’षेधाज्ञा लगाउने निर्णय गरेको थियो ।पछिल्लो समय नि’षेधाज्ञाबारे सुरक्षा समितिको बैठकभन्दा पनि प्रमुख जिल्ला

अधिकारीहरु आफैंले निर्णय गर्दै आएका छन् । अब फेरि उपत्यकामा नि’षेधाज्ञा जारी राख्‍ने वा नराख्‍ने भन्नबारे गृह मन्त्रालयसँग समन्वय गरेर निर्णय लिइने एक अधिकारीले बताए ।पछिल्लो समय उपत्यकाकै प्रमुख जिल्ला अधिकारीबीच नि’षेधाज्ञाको विषयमा केही मतान्तर देखिएको छ ।

तर निषेधाज्ञा कार्यान्वयन गर्ने प्रमुख निकाय प्रहरी अधिकारीले भने नि’षेधाज्ञा अब जनताले सहन नसक्ने दा’बी गर्दै आएका छन् । एक उच्च सुरक्षा अधिकारीले भने, “अब फेरि नि’षेधाज्ञा थपियो भने त्यो घा’तक हुनसक्छ । जनता चुप लागेर बस्ने अवस्था छैन ।यस्तोमा जनता र प्रहरीबीच

मु’डभेडको अवस्था आउनक्छ । त्यसैले नि’षेधाज्ञाको विकल्प खोज्‍न जरुरी छ ।”निषेधाज्ञापछि उपत्यकाको जनजीवन ठ’प्प छ । व्यापार, व्यावसायसमेत धरासायी बन्दै गएको भन्दै सरोकारवाला निकायले समेत नि’षेधाज्ञा ह’टाउनुपर्ने माग गर्दै आएका छन् । तर उपत्यकाका स्थानीय तहले भने झनै कडा नि’षेधाज्ञा गर्नुपर्ने माग गर्दै आएका छन् ।

Related Articles

Back to top button
Close