News

साउथ फिल्मका अभिनेता जय प्रकाश रेड्डीको निधन

काठमाडौं । साउथ फिल्मका चर्चित अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ । उनको मंगलबार बिहान ७४ बर्षको उमेरमा आन्ध्र प्रदेशको गुन्टुरुमा अचानक निधन भएको छ ।

भारतिय मिडियाका अनुसार उनको आज हृदयघातका कारण निभन भएको हो । साउथ फिल्ममा उनले गर्ने कमेडी रोल धेरैले रुचाउने गर्थे ।

फिल्म व्रह्मापुत्रबाट फिल्मी करियर शुरु गरेका उनले प्रेमिंचुकुंदाम रा, समरसिंहा रेड्डी, जयम मनदेरा, चेन्नकेशवरेड्डी, सीतय्या, छत्रपति, गब्बरसिंग, नायक, रेसुगुर्रम, मनम, टेम्पर लागयतका धेरै फिल्ममा अभिनय गरेका छन् । उनको जन्म १९४६ मे ८ मा भएको थियो ।

Related Articles

Back to top button
Close