News

मंगलबारको दिन भुलेर पनि खानुहुदैन यि चिज

काठमाडौँ – कुनै पूजा आजा गर्दा भगवन गणेशजीलाई सम्झिने गरिन्छ । मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा निकै लाभ मिल्ने विश्वास सदिऔँदेखि चल्दै आएको छ । पछिल्ला दिनहरुमा मंगलबार भगवान गणेशको पूजा गर्ने भक्तजनहरको संख्या बढेर गएको छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको ह’त्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ । मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ ।

यो पनि , सोमबार यसरी गर्नुहोस भगवान शिवको आराधना, काठमाडौ- उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकलरप्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा। यस्तैमा सोमबार भने सामान्यतया शिवको लागि समर्पित छ। सोमबारको व्रत सूर्य उदयसंगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ।

तर कुनै पनि पुजाको अगाडी गणेशको पुजा भने अनिवार्य नै छ। अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ। यो विश्वास गरिन्छ की , सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयोरु सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन। यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतिको कृपाले छोराको पुर्नजन्म भएको थियो। तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।

Related Articles

Back to top button
Close