Intresting

भन्ने बेला संस्कृति तिजमा यस्तो गित निकाल्ने भन्दै आस्था रिसाउदै फेसबुकमा यस्तो लेखिन

भन्नेबेला संस्कृतिको चिन्ता छ भन्ने अनि जब दशैं, तिहार, तीज आयो तब वाहियात गीत निकाल्ने ?
तिज आयो गाईजात्रा नै निकाल्ने 🙄
खालि कसरी भाईरल हुने सोच राख्ने ! Any how पैसा कमाउ जस्तै देखियो त गाँठे !!! अनि यस्तो किन गरेको ? भन्दा फलानो ढिस्कानोको नाम दिनी… दिनै परे राम्रो Example देऊ न साथी हो हैट् !!!
हाम्रा चाडपर्व हाम्रा गर्व हुन् । कम्तिमा कलाकार भएपछी ती गर्वका कुराहरुलाइ कसरी गौरवान्वित बनाउने त सोच्नुपर्यो नि हैन ?
कि अझै विकृति फैलाउन तर्फ उन्मुख हुने हो हँ?

धेरैजस्तो दर्शक स्रोता पनि आजकल धेरैजसो चाहिने information अनि राम्रो गीत संगीतलाई भन्दा पनि Gossip, उद्दण्ड, उत्ताउलोे, छाडा, छेउ न टुप्पोको कुराहरुमा Interest दिने र त्यस्तै गीतहरुलाई प्रोत्साहन दिने भएरै यस्तो कृयाकलापहरुमा मान्छेहरुको मनोबल बढेको हो जस्तो लाग्छ मलाइ । नराम्रा कुराहरुले किन प्रश्रय पाइरहेका छन् ? किन यस्ता चिज मात्र मान्छेलाइ मन पर्न थालेको हो ?

‘यहाँ कला भन्दा चर्तिकला हाबि हुँदै छ’.. खबरदार !!!!! समय मै सबै सजक हुनुहोस, नत्र सबैको जिन्दगीमा राम्रा कुरा भन्दा TOXIC कुराहरु हाबी हुन्छन् अनि त्यसले न तपाईलाई राम्रो गर्छ न तपाईको परिवारलाई न समाजलाई न राष्ट्रलाई……

Tiktok हेर्यो त्यस्तै हेर्नै सुन्नै नसक्ने नेपालीहरु viral छन्, उफ्फ….
गीत सुन्यो, हेर्यो त्यस्तै…… Trending newsहरु पनि चाहिने भन्दा नचाहिने कुरा धेरै 😬😬
हैन हुन चाहिँ के लागेको हो हाम्रो नेपाली समाज र दिमागमा !!!??? उदेक लागेर आईसक्यो कस्सम !!!!
एउटा कलाकार भएको नाताले यती कुरा नलेखी बस्न सकिन 😶
So, Please Lets analyze ourself and do what’s better for us, our family and our society. 🙂
जय नेपाल ! जय नेपाली !! जय दर्शक स्रोता

Related Articles

Back to top button
Close