News

रितु थापा र टीका सानुको तिज गित `जाम भो भागेर ´ सार्बजनिक ( भिडियो )

रितु थापा मगरको प्रस्तुतिमा “जाम भो भागेर” बोलको तिज गीत शुक्रबार मात्र सार्वजनिक भएको छ ।
नेपाली समाजमा यथावत रुपमा रहेको जातीय विभेद र अन्तरजातीय प्रेम सम्बन्ध लाई लिएर घर परिवार र समाजले हेर्ने दृष्टिकोणलाई यो गीतले चिरफार गर्न खोजेको छ ।

आजको यो समयमा यदि चोखो प्रेम गरिएको भने “अन्तरजातीय प्रेम बिवाह” समाजका लागि – पहिले आफ्नो घर बाटै स्विकार्य हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

नेत्र अर्यालको शब्द एवम् खेम सेन्चुरीको लय सृजनामा खेम सेन्चुरी,रितु थापा मगर,टीका सानु र मनोज भण्डारीको आवाजमा रहेको यो गीत लाई बिनोद बाजुरालीले एरेन्ज गरेर मालाश्री स्टुडियोमा रेकर्ड गरी खडक बाजुरालीले ध्वनि सम्पादन गर्नु भएको हो ।

प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियो लाई सुरेश श्रेष्ठले छायांकन गर्नु भएको छ भने बिनोद श्रेष्ठ, शिरु बिष्ट, खेम सेन्चुरी, रितु थापा मगर, नरिन बुढाथोकी र बाल कलाकार शुभम बुढाथोकीको दमदार अभिनय रहेको गीतको म्युजिक भिडियो लाई बिष्णु शर्माले सम्पादन गर्नु भएको हो ।
रितु थापा मगरको आफनै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतको पूरा

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Back to top button
Close