News

मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्रिन आदेश

काठमाडौं । कोरोना संक्रमणलाई बेवास्ता गर्दै मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई सरकारले कडा चेतावनी दिएको छ । नियम पालना नगर्नेहरुलाई अब तत्काल पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ । उपत्यकामा संक्रमण बढ्दै जाँदा सरकार थप कडा बनेको हो ।

सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका अनुसार लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन निर्देशन जारी गरिएको हो ।

सरकारले स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी नै संक्रमणको उच्च जोखिममा रहेको देखिएको बताएको छ । गृहको निर्देशन र परिपत्र सरकारी, गैरसरकारी र निजी क्षेत्र तथा स्वयं सर्वसाधारणलाई कडाइका साथ लागू गर्न प्रशासन र प्रहरीलाई परिपत्र गरिएको छ । अब निर्देशन उल्लंघन गर्नेलाई पक्राउ गरेर जरिवाना सम्मको कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न आग्रह गर्दै असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो ।

कोरोना संक्रमणलाई बेवास्ता गर्दै मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई सरकारले कडा चेतावनी दिएको छ । नियम पालना नगर्नेहरुलाई अब तत्काल पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ । उपत्यकामा संक्रमण बढ्दै जाँदा सरकार थप कडा बनेको हो ।

सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका अनुसार लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन निर्देशन जारी गरिएको हो ।

सरकारले स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी नै संक्रमणको उच्च जोखिममा रहेको देखिएको बताएको छ । गृहको निर्देशन र परिपत्र सरकारी, गैरसरकारी र निजी क्षेत्र तथा स्वयं सर्वसाधारणलाई कडाइका साथ लागू गर्न प्रशासन र प्रहरीलाई परिपत्र गरिएको छ । अब निर्देशन उल्लंघन गर्नेलाई पक्राउ गरेर जरिवाना सम्मको कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न आग्रह गर्दै असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो ।

Related Articles

Back to top button
Close